- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली सेनामा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको छ । पहिलो पटक जेठ ३ गते धनुषामा २ जनामा कोरोना संक्रमण भएकामा अहिलेसम्म ७९ जनामा संक्रमण भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले बताए ।
७९ मध्ये ७१ जनालाई निको भएको छ । उपचार राम्रो भइरहेको प्रवक्ता पौडेलले बताए । अहिले ८ जना सक्रिय संक्रमित भएकामा सबैको अवस्था सामान्य रहेको पनि उनले बताए ।
त्यसैगरी विभिन्न १२ वटा मिसनमा ५ हजारको संख्यामा नेपाली सेना रहेको र कसैमा पनि कोरोना नरहेको उनले बताए ।
के गरिरहेको छ नेपाली सेनाले कोरोना नियन्त्रणका लागि ?
प्रवक्ता पौडेलले आफूहरुले लकडाउन लागेपछि ब्यारेकभित्र सबैलाई शिक्षा दिएर हात धोइरहने, मास्क लगाउने र सामाजिक दूरी अपनाउने तीन तरिका अपनाइरहेकाले संक्रमित कम भएको र उपचार राम्रो भएकाले निको हुने बढेको बताए ।
पौडेलले अहिलेसम्म कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा भूमिका खेलेको बताए । सलामीसहित शव व्यवस्थापन गर्ने काम सेनाले गरेको उनले बताए ।
नेपाल सरकारले दिएका जिम्मेवारीमा क्वारेन्टिन व्यवस्थापन, विदेशमा रहेका नेपालीलाई विमानस्थलबाट काठमाडौं उपत्यकामा रहेका ७ वटा होल्डिङ स्थलमा पठाउने र अभिलेखीकरण गर्ने काम सेनाले गरेको उनले बताए । उनले त्यहाँबाट नेपालीलाई सदरमुकामसम्म पुर्याउने काममा नेपाली सेना खटिएको बताए ।
त्यसैगरी सीमाबाट नेपाल भित्रिने नेपालीलाई पनि क्वारेन्टिनसम्म पुर्याउने काममा सघाउने काम रहेको उनले बताए ।
कोभिड संकट व्यवस्थापनमार्फत रहेर सेनाले काम गरिरहेको प्रवक्ता पौडेलले बताए ।
कस्तो छ नेपाल प्रहरीको अवस्था ?
नेपाल प्रहरीमा १५८ जना संक्रमित भएको प्रमाणित भएको प्रहरी प्रवक्ता निरजबहादुर शाहीले बताए । प्रदेश २ मा सबैभन्दा बढी ३४ जनालाई संक्रमण भएको प्रवक्ता शाहीले बताए । संक्रमितमध्ये ९७ जनालाई निको भएको छ । स्याङ्जामा पछिल्लो पटक १८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये
फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने भएकाले प्रहरीलाई संक्रमण सरेको शाहीको तर्क छ । अनावश्यक भिड नगरी प्रोटोकलमा रहने हो भने कोरोनाबाट बच्न सकिने प्रवक्ता शाहीको भनाई छ ।
उनले ४५ हजार नेपाल प्रहरी हरेक दिन फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने भएकाले समाजबाटै सर्ने यो रोगबाट प्रहरी पनि पीडित बनेको उल्लेख गरेका छन् ।
सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमित रहेका छन् । तर प्रहरी र सेनामा जति सशस्त्रमा संक्रमितहरु नभएको बताइएको छ ।