arrow

प्रदीप पौडेलद्धारा अमिनालाई १२ कक्षासम्म पढाइदिने जिम्मा

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
pradip-poudel-help.jpg

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पहिरोमा परी बुबाआमा गुमाएकी अमिना थापालाई १२ कक्षासम्म पढाइदिने बताएका छन् । 

शनिबार पहिरो पीडितको अवस्था बुझ्न तनहुँको रिसिङ गाउँपालिका ८ भैसिकिलीमा पुगेका नेता पौडेलले परिवारको अवस्था देखेपछि बालिकाको पढाइको लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
 
‘कोही पनि नागरिक आर्थिक अवस्थाकै कारण शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने हाम्रो उद्धेश्य हो त्यसमा पनि बाबुआमा गुमाएको नानीलाई सहयोग गर्नु हामी सबैको दायित्व हो त्यसैले उनको पढाईको लागि सहयोग गर्छौ’, नेता पौडेलले भने । 

नेता पौडेलले भने, ‘हजुरबुबाको पनि आर्थिक स्थिति कमजोर भएका कारण नातिनीको लालनपालनमा समस्या छ । हाम्रो सानो सहयोगले नानीको उज्वल भबिस्य निर्माण गर्न सहयोग पुग्ने विश्वास छ । उनको पढाईको लागि हामीले ब्यबस्था मिलाउँछौ ।’

सधैझैं घरमा बाबु आमासँगै सुत्ने गरेको भएपनि त्यो रात भने अमिना दिदीकोमा गएकी रहिछिन् । 

नेता पौडेलले भने, ‘घरमै पुगेर बालिकालाई देखेपछि बोल्न खोज्दा उनी रोइन्, उनको रोदनले हामीलाई पनि भावुक बनायो ।’

अबिरल बर्षाका कारण गत असार ३० गते खसेको पहिरोले घर पुरिँदा अनबहादुर थापाका दुई छोरा दुई बुहारी र नातिनी गरी पाँच सदस्यको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ