arrow

कोरोना असरः १० हजार हज यात्रीले मात्र साउदीमा हज गर्न पाउने फैसला, यस्तो छ सर्त

बुधबारदेखि सुरु हुँदै 

logo
अरशद शेष राई, 
प्रकाशित २०७७ साउन १३ मंगलबार
saudi-arabia.jpeg

साउदी अरेबिया । हज गर्न हरेक वर्ष विश्वभरबाट लाखौंको संख्यामा इस्लाम धर्माबलम्बीहरु साउदी अरेबिया पुग्ने गर्छन् । तर यस बर्ष कोरोना भाइरस अर्थात् कोभिड –१९ को महामारीले गर्दा साउदी सरकारले सुरक्षाको दृष्टिकोणले गर्दा हज यात्रालाई सीमित पारेको छ ।

बिगत लामो समयदेखि विश्वभरी कोरोना भाइरसको महामारीको प्रकोप फैलिएको कारणले गर्दा साउदी सरकारले यस पटकको हज यात्रा गर्न अरु देशबाट आउने हज यात्रीहरुलाई अनुमति दिएको छैन ।

साउदी अरेबियाले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै यस पटक हज गर्नको लागि १० हजार जनालाई मात्र हज गर्न जाने अनुमति दिएको छ । कोरोना भाइरसको कहरले गर्दा यस पटकको हज यात्रामा जाने उनीहरुलाई मात्र अनुमति दिएको छ जो साउदी नागरिक हुन् या त जो पहिलेदेखि नै साउदी अरेबियामा बस्दै आएका विदेशी नागरिक हुन् । साउदी अरेबियामा यस पटक हज यात्रा २९ जुलाई (बुधबार) बाट शुरु हुँदैछ ।

विश्वभर फैलिएको कोरोना महामारीको कहरलाई मध्य नजर गर्दै इस्लाम धर्माबलम्बीहरुको पबित्र स्थल मध्यको एक साउदी अरेबियाको मक्काको ग्रैंड मस्जिद अर्थात मस्जिद – हराम खाने कांबाको सरसफाइ तथा सुरक्षा ब्यवस्थामा कडा निगरानी राखिएको छ ।

साउदी मिडिया रिपोर्टका अनुसार मक्काको ग्रैंड मस्जिदमा एक स्वच्छता अभियानको तहत सेनेटाइज गर्नका लागि ३ हजार ५ सय जना सफाईकर्मी लगाएको छ । जसमा स्वच्छता अभियानको तहत दिनमा मक्का स्थित पवित्र ग्रैंड मस्जिदलाई १० पटक भन्दा बढी सेनेटाइजेशन गर्नुको साथ साथै इत्र खुश्बु जस्ता बाँकी चीजको छिड़काव गर्दैछ ।

यस पटकको हज यात्रा गर्न साउदी अरेबियाले १० हजार जना मात्र घरेलु तिर्थ यात्रीहरुलाई हज गर्नको लागि अनुमति दिने फैसला गरेको छ ।

जसमध्ये ७० प्रतिशत देश भित्र रहेका विदेशी नागरिक हुन् भने ३० प्रतिशत साउदी नागरिक रहेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ