arrow

कोमोरसको राष्ट्रपतिमा असोउमनी निर्वाचित

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
article-doc-ap3jd-1MTow818qkeb14eb9db7a8de8295-951_634x446.jpg.jpeg
कोमोरस । कोमोरसमा सन् १९९९ मा कोमोरसका कार्यवाहक राष्ट्रपति तादत्रिदिने बेन सेड मासाउन्डेलाई ‘कु’ गरी सत्तामा पुगेका अजाली असोउमनी कोमोरसको नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएको कोमोरसको संवैधानिक अदालतका अध्यक्ष लुफी सोउला माइनेले आइतबार बताएका छन् । 
 
निर्वाचनमा व्यापक हिंसा तथा अनियमितता भएको भन्दै गएको महिनामा भएको राष्ट्रपति निर्वाचन केही ठाउँमा पुनः गरिएपछि आएको नतिजामा पनि असोउमनीले वर्तमान सत्ताधारी दलका नेता तथा उपराष्ट्रपति मोहम्मद अलि सोइलिहीको भन्दा करिब दुई प्रतिशत मत बढी आएको अध्यक्ष लुफीले बताए । 
 
यससँगै असोउमनीले पाँच वर्ष राष्ट्रपतिको कार्याकाल सन् १९९९ मा अकस्मात सत्ता कब्जा गरी राष्ट्रपति बनेका असोउमनीले सन् २००६ मा कार्यकाल सकिएपछि पुनः उम्मेदवारी दिई निर्वाचित भएका थिए । 
 
असोउमनी र सोइलिहीबीच भएको कडा प्रतिस्पर्धामा असोउमनीले ४१.४३ प्रतिशत मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी सोइलिहीले ३९.६६ प्रतिशत मत प्राप्त गरेका हुन् । 
 
त्यस्तै ग्रान्ड कोमोरीका गभर्नरले राष्ट्रपतिको प्रतिस्पर्धामा १८.९१ प्रतिशत मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको संवैधानिक अदालतका अध्यक्ष लुफीले बताउनुभयो । 
 
नवनिर्वाचित राष्ट्रपति असोउमनीको भन्दा सोइलिहीको मतबीच जम्मा दुई हजार मतको फरक परेको छ । रासस÷एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ