arrow

सिलवाललाई राखेप सदस्य सचिवमा नियुक्त गर्नुको कारण देखाउन सर्वोच्चको आदेश

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
sag-ramesh-silwal.jpg

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । 

पूर्व खेलाडी तथा प्रशिक्षक टीकादत्त दाहालले सिलवाल नियुक्तिको निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयका नाममा आदेश जारी गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सिलवाललाई पुनः सदस्य सचिव बनाउने निर्णय गरेको हो । २७ जनाले आवेदन दिएकामा तीन जनालाई छनोट समितिले छानेर युवा तथा खेलुकद मन्त्रालयमा पठाएको थियो । 

खेलकुद विकास ऐन २०७७ अनुसार आवेदन माग गरी नयाँ सदस्यसचिव छनोट गरेको हो । तर त्यो राजनीतिक भागबण्डामात्र भएको आरोपसमेत लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ