arrow

पोखरा विश्वविद्यालयले विद्यार्थीमाथि खेलबाड गर्यो, अनसन जारी 

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
relay-ansan-baldev.jpg

पोखरा । पोखरा विश्वविद्यालयमा सरकारले पदाधिकारी नियुक्त नगर्दा हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । सत्ताको उन्मादमा मात्तिएको सरकारले बिगत एक बर्षदेखि पोखरा विश्वविद्यालय पदाधिकारी नियुक्त नगर्दा हजारौं विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिना केन्द्रका तर्फबाट ऐक्यवद्धता जनाउन पोखरा नै आएका छन् । 

मंगलबार उनले रिक्त उपकुलपति लगायत अन्य पदाधिकारीहरु नियुक्त गरी हजारौं विद्यार्थीको भविष्य सुनिश्चित गर्न गरिएको रिले अनशनमा नेविसंघ केन्द्रीय समितिको तर्फबाट पोखरा विश्वविद्यालयमै पुगी एक्यवद्धता जनाए । 

उनले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै नेबिसंघ अब चुप लागेर नबस्ने बताए । महामन्त्री तिमल्सिनाले विद्यार्थीलाई अनुसन्धानमा लगाई विषम परिस्थितिको सामना गर्नुपर्ने बेला उल्टै राज्य गैर जिम्मेवार भएको भन्दै सरकारलाई आन्तरिक बिबादमा भन्दा जिम्मेवार भएर विद्यार्थीको भविष्य सुनिश्चित गर्न आग्रह गरे ।

उनले विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली उत्तेजित भएर हावा कुराको पछि दौडन भन्दा भएका शिक्षालयहरु ब्यवस्थित गर्न लाग्नुपर्छ भन्दै आफू विश्वविद्यालयले उपकुलपति नपाउन्जेलसम्म सडक संघर्षमा रहने बताए । 

कार्यक्रममा त्रिवि समिति अध्यक्ष हरि आचार्य, निवर्तमान केन्द्रीय सदस्य रत्नहरी ढुङ्गेल लगायत नेताहरु उपस्थित भएको नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले बताए ।

पदाधिकारी नियुक्त गर्न माग गर्दै विगत एक हप्तादेखि विद्यार्थी आन्दोलित भएका छन् । उनीहरु पोखरा विश्वविद्यालयको प्रवेशद्वारमा रिले अनसन बसिरहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ