arrow

जापानमा पनि टिकटक प्रतिबन्ध लगाउन माग

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
tiktok.jpg

काठमाडौं। जापानी सासंदहरुले चिनियाँ एपमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। भारतले दर्जनौं चिनियाँ एप प्रतिबन्ध गरिसकेको र अमेरिका प्रतिबन्ध गर्ने तयारीमा रहेको अवस्थामा जापानले पनि उस्तै कदम चालेको हो।

जापानको नेशल बोर्डकास्टर एनएचकेका अनुसार सांसदहरुले सुरक्षाको विषयलाई लिएर चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने कुरा अघि सारेका हुन्। टिकटक जापानमा पनि निकै चर्चित छ। जापानी आइओएस स्टोरको टपमा नै टिकटक रहने गरेको छ। इन्टरटेनमेन्टका एपमा सबैभन्दा टप रहने टिकटक सबैभन्दा बढी डाउनलोड भएका एममध्ये पाचौं नम्बरमा रहेको जापानी एप रिसर्च फर्म एप एन्नीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ