arrow

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
joshi4.jpg

मकवानपुर । वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा डा विश्वराज जोशीलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा जोशीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । 

त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ । 

उक्त बैठकले बालअधिकार समितिको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिए । 

प्रदेशमा युवा परिषद् नियमावली संशोधनका लागि पनि सिफारिस गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ