arrow

प्रदेश सरकारद्वारा थप सात करोड निकासा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन १५ बिहिबार
pradesh-22.JPG

जनकपुरधाम।  प्रदेश नम्बर दुईमा कोरोना महामारी त्रास बढन थालेपछि महामारी नियन्त्रणका लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल संचालनमा रहेका आइसोलेशनहरुको थप व्यवस्थापन, विरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि ७ करोड निकासा गरेो हो  ।

बिहीबारको निर्णय अनुसार बाराको सिमरामा कोभिड अस्पताल निर्माणको लागि १ करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदको लागि १ करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेशन व्यवस्थापनका लागि ७५-७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाको लागि ५० /५० लाख निकासा गरिएको छ ।

आवश्यकताको आधारमा जिल्लाहरुबाट मांग भए बमोजिम थप रकम व्यवस्थापन गरिने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ