दोहोरो स्वर्णपदक जिताउने मण्डेकाजी सम्मानित

प्रकाशित मिति : २०७७ श्रावण १५ बिहिबार

काठमाडौँ । नेपालमा आयोजना भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा कराते खेलको कातातर्फ नेपाललाई दोहोरो स्वर्णपदक दिलाउने मण्डेकाजी श्रेष्ठ बिहिबार नगदसहित सम्मानित भएका छन् ।
    
ललितपुरस्थित होटल भिभान्तामा आयोजित एक कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका नेता रमेश आचार्यले उनलाई रु पाँच लाखसहित  सम्मान गरेका हुन् ।  धादिङ जिल्ला फुटबल सङ्घका अध्यक्ष दीपक खतिवडाको समन्वय र कर्मा कन्स्ट्रक्सनका प्रोपाइटर, गुडविल विलडर्सका सिइओ तथा करातेका पूर्वराष्ट्रिय खेलाडी रवि महर्जनको व्यवस्थापनमा मण्डेकाजीलाई सम्मान गरिएको हो । 
    
कार्यक्रममा गजुरियो करातेका केन्द्रीय कोषाध्यक्ष एवं मदन भण्डारी स्पोर्टस् एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी, नारायणी स्टिलका सिइओ रोशिद उनिथानलगायतको सहभागिता रहेको थियो । नेपालमा गत मङ्सिरमा सम्पन्न तेह्रौँ सागमा मण्डेकाजीले एकल कता र टिम कातामा स्वर्ण पदक जितेका थिए  । 

नयाँ