arrow

एकतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक 

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
narayanghad-mugling-pahiro.jpg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा शुक्रबार बिहान १ः४० बजे पहिरो खसेको थियो । 

सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् । 

लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ । बिहीबार मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ