arrow

अखाद्य वस्तुको कारोबार बढ्यो

logo
प्रकाश बम,
प्रकाशित २०७३ जेठ ३ सोमबार
akhadhye-goods.jpg.jpeg

डोटी । सुदूरपश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा अधिकांश पसल तथा सप्लायर्सहरुमा अखाद्य वस्तुको कारोबार बढेको पाइएको छ । व्यापारिक दृष्टिकोण र सरकारी प्रयोजनका लागि डोटी लगायत सुदूरपश्चिमका नौ जिल्लाको गन्त व्यस्थल दिपायलमा जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा भएको छड्के बजार अनुगमनमा यस्तो भेटिएको हो ।

दिपायलमा रहेका विभिन्न मिष्ठान्न भण्डार, डेरी उद्योग, चाउमिन सेन्टरलगायतका विभिन्न पसलमा म्याद नाघेका वस्तुको कारोबार बढेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव उपाध्यायले जानकारी दिए । आइतबार जिल्ला प्रशासन कार्यालय, पत्रकार, राजनीतिक दलका प्रतिनीधि संलग्न टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा जोशी पाउरोटी उद्योग, सनातन फुड्स उद्योग राजपुरले उत्पादन गरेको चाउमिन उपभोग्य मिति उल्लेख नगरी विक्रीवितरण गर्ने गरेको पाइएको अधिकृत उपाध्यायले बताए । डोटी जिल्लाको मूख्य व्यापारिक केन्द्र रहेको दिपायलमा दैनिक उपभोग्यका सामानसमेत अखाद्य भेटिएका छन् । उपभोग्य मिति मात्रै नभई उत्पादन तथा अधिकतम बिक्री मूल्यसमेत उल्लेख गरिएको छैन । ती दुवै उद्योगले उत्पादन गरेका वस्तु राम्रोसँग प्याकिङसमेत नगरेको अनुगमनका क्रममा भेटिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ