arrow

अमेरिकाको अर्थतन्त्र ३३ प्रतिशतले खुम्चिदा चम्किए यि चार कम्पनी

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १७ शनिबार
tech-usa.jpg

काठमाडौं। कोरोना भाइरसको महामारीका बीच विश्व आर्थिक संकटतर्फ डोरिएको छ। तर, यसै बेला धेरै जसो प्रविधि कम्पनीहरुले भने झन फाइदा र विकास गरिरहेका छन्। अमेरिकी अर्थतन्त्रको जीडीपीमा कोरोना भाइरसको महामारीका कारण ७० वर्षयताकै भारी गिरावट आएको छ। सन् २०२०को दोस्रो त्रैमासिकमा अमेरिकाको जीडीपीमा ३२.९ प्रतिशत गिरावट आएको हो।

तर, अमेजोन, एप्पल, फेसबुक र गुगलजस्ता अमेरिका आधारित कम्पनीहरुले भने झनैं नाफा कमाएका छन्। कोरोना महामारीकै बीच यी चार कम्पनीहरुले संयुक्तरुपमा एक त्रैमासिकमा २८.६ अर्ब अमेरिकी डलर बराबरको नाफा कमाएका हुन्। महामारीका कारण मानिसहरु घरभित्रै बसिरहेका छन्। किनकी बाहिर कोभिड–१९ छ। यसबीच घरमा इन्टरनेटका सामाग्रीको प्रयोग अत्यधिक बढेको छ।

ठूलोमात्रामा विज्ञापनदर घट्दासमेत युट्युबले ३.८ अर्ब डलर नाफा कमाएको छ, जुन सन् २०१९ को यसैअवधिको नाफा भन्दा  ७ प्रतिशत बढी हो। त्यस्तै पूर्णरुपमा विज्ञापनमा आधारित कम्पनी फेसबुकले दोस्रो त्रैमासिकमा अघिल्लो बर्षको तुलनामा ११ प्रतिशत बढी नाफा कमाएको छ। विज्ञापन नर्गन भनेर ठूलो अभियान चालिँदा समेत फेसबुकले यति ठूलो नाफा कमाउन सफल भएको हो।

त्यस्तै अमेजनले महामारीका बेला आफ्नो नाफा झण्डै दोब्बर पारेको छ। लकडाउनका कारण मानिसहरु घर बाहिर ननिस्कदा घरबाटै अनलाईन किनमेल बढेपछि अमेजनको आम्दानी बढेको हो।

त्यस्तै लकडाउनका कारण घरमा मनोरञ्जनात्मक सामग्रीको आवश्यक्ता परेसँगै एप्पले पनि आफ्नो आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ। यी कम्पनीहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पनि कदम चालेका छन्। जस्तै की महामारीबाट लाभदायि भएता पनि एप्पले संक्रमण बढी भएको क्षेत्रमा आफ्ना स्टोहरु बन्द गरेको थियो। त्यस्तै माइक्रोसफ्टले आफ्ना स्टोरहरु बन्द गरेका थिए। त्यसबाहेक गुगल, फेसबुकले भने कर्मचारीहरुलाई घरबाटै काम गर्न भनेका छन्।

उनीहरुले सम्भवत सन् २०२१ सम्म घरबाटै काम गर्ने निर्णय लिएका छन्। यसबाहेक पनि कम्पनीहरुले 'वर्क फ्रम होम' लाई झनैं बढावा दिएको देखिन्छ। त्यस्तै लकडाउनको बेला एक्कासी करोडौं प्रयोगकर्ता थपिएको भिडियो बैठक गर्न सकिने एप जुमका लागि पनि कोरोना भाइरसको महामारी निकै नै लाभदायि बनेको छ। जुमका लागि एक्कासी प्रयोगकर्ता बढ्दा अमेजनको होस्टिंगले राम्रो सेवा दिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ