arrow

आईपीएल क्रिकेट: डिविलियर्स, कोहली र गेलको सामु कोलकाता निरिह

logo
प्रकाशित २०७३ जेठ ३ सोमबार
IPL_Gayle.jpg.jpeg
काठमाडौं। टि-२० क्रिकेटका उत्कृष्ठ ब्याट्सम्यानहरु एबी डिविलियर्स, विराट कोहली र क्रिश गेल रहेको रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाईटराईडर्सलाई ९ विकेटले पराजित गरेको छ।
 
बैंगलोरका तीन प्रमुख ब्याट्सम्यानको बिस्फोटक ब्याटिङका अगाडी कोलकाताले बनाएको १८३ रन थौरै भएको थियो। तीन जना मिलेर १० छख्का र १५ चौका प्रहार गरेका थिए। १८४ रनको लक्ष्य बैंगलोरले १८.४ ओभरमा १ विेकट गुमाउँदै पुरा गरेको थियो। 
 
कोहलीले ५१ बलमा ३ छक्का र ५ चौकाको मदतले ७५* रन बनाएका थिए भने डिविलियर्सले ३१ बलमा ३ छख्का र ५ चौकाको मदतले ५९* रनको योगदान गरेका थिए। अर्धशतक बनाउन १ रनले चुकेका गेलले ४ छक्का र ५ चौकाको मदतले ३१ बलमा ४९ रन बनाएका थिए। 
 
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निरधारित २० ओभरमा ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। गटतम गंभिरले ५१ रन बनाएका थिए भने मनिष पाण्डेले ५० रनको योगदान दिएका थिए। आन्द्रे रशेलले १९ बलमा ३ छक्का र २ चौकाको मदतले ३९ रन बनाएका थिए। बैंगलोरका श्रिनाथ अरविन्दले २ विकेट लिएका थिए। 
 
कोलकाताको तर्फबाट एक मात्र विकेट सुनिल नाराईनले लिएका थिए। खेलका प्लेयर अफ म्याच विराट कोहली घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ