सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म न्यूयोर्कका विद्यालय नखुल्ने
सिन्ह्वा,
प्रकाशित २०७७ साउन १७ शनिबार
849
Shares
बेइजिङ। अमेरिकाको न्यूयोर्क शहरमा सङ्क्रमण दर तीन प्रतिशतभन्दा कम नहुँदासम्म विद्यालयहरू पुनः सञ्चालनमा नल्याइने न्यूयोर्कका अधिकारीहरूले शनिबार बताएका छन्। “विद्यालयहरू सञ्चालनका लागि कुनै व्यक्तिगत निर्णयमा सम्भव नभएको र सङ्क्रमण दर अझै पनि धेरै रहेकाले जोखिममा विद्यालय खोल्न सकिँदैन,” न्यूयोर्कका नगर प्रमुख बिल डे ब्ल्यासियोले भने।
उनले भने, “कोभिड–१९ सङ्क्रमण दर निरन्तर सात दिनसम्म तीन प्रतिशतभन्दा कम नहुँदासम्म व्यक्तिगत निर्देशनका आधारमा विद्यालय खोल्न सकिँदैन।”
शैक्षिक सत्र २०२०-०२१ को शैक्षिक क्यालेन्डरलाई विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएपछि महानगरले विद्यालय सञ्चालकहरूसँगको सल्लाह अनुसार निक्र्योल गर्ने पनि उनले भने।