arrow

रक्षाबन्धनको दिन प्रदेश दुईमा सार्वजनिक बिदा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन १८ आइतबार
provience-two-goverment.jpg

जनकपुर। प्रदेश नम्बर दुई सरकारले श्रावण १९ गते सोमबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । 

सोमबार रक्षाबन्धनको दिन प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गत जेठ १० गते नै बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकमा रक्षाबन्धनमा सार्वजनिक विदा दिने निर्णय अनुसार सोमबार सार्वजनिक विदा दिन लागिको हो।

प्रत्येक वर्ष रक्षाबन्धनमा सार्वजनिक विदा दिँदै आएको सरकारले यसवर्ष पनि सार्वजनिक विदा दिएको हो।

कोरोनाको महामारीलाई मध्यनजर गर्दै भीडभाड नगरी लामो दुरीको यात्रा नगरी रक्षाबन्धन मनाउन प्रदेश सरकारले आग्रह गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ