arrow

बाँके अदालतका थप ५ सहित १२ जनामा संक्रमण

logo
सौरभ गिरी,
प्रकाशित २०७७ साउन १८ आइतबार
banke-court.jpg

नेपालगन्ज ।  बाँके जिल्ला अदालतका थप पाँच जना कर्मचारीसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ। भेरी अस्पतालमा आज गरिएको परिक्षणमा जिल्ला अदालत बाँकेका ४०,४६,५५,२२ बर्ष  र अर्को उमेर नखुलेको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।

यस्तै नेपालगन्जको राझाँस्थित आर्मी अस्पतालका  एक जना चिकित्सकसहित अन्य दुईजना सैनिक कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरु २३,३३ र ३४ बर्षका पुरुषहरु हुन्  भने भेरीमा गरिएको परिक्षणमै दाङको आर्मी फिएका एक जना ३५ बर्षका पुरुषलाई समेत कोरोना भेटिएको छ।

यसैगरी बाँके खजुराका ३७ बर्षका पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ भने टीकापुरका एक जना ३२ बर्षीय पुरुष चिकित्सकसहित अर्का एकजना २६ बर्षीय पुरुषलाई कोरोना संक्रमण भएको भेरी अस्पतालले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ