arrow

सर्लाहीमा तत्काल कम्तिमा ६ हजारको स्वाब संकलन गरिने

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
corona-test-kit.jpg

सर्लाही । सर्लाहीका २० वटै पालिकाले तत्काल ६ हजार जनाको थ्रोट स्वाब संकलन गरेर कोरोना भाईरस परीक्षण गरिने भएको छ । 

हरेक स्थानीय तहले समुदाय स्तरका कम्तीमा तीन सय जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । 

आईतबार सदरमुकाम मलंगवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी जिल्लाहरुमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि सर्लाहीमा पनि समुदाय स्तरका व्यक्तिहरुको कोरोना परीक्षण गराउने निर्णय गरेको हो । 

प्रजिअ पौडेलले समुदायको अवस्थाबारे जाँचबुझ गर्न नमूनाको रुपमा एउटा पालिकाले आफ्नो पालिकाभित्र कम्तीमा तीन सय जनाको जाँच गराउने निर्णय गरिएको जानकारी दिए । 

हाटबजारका व्यापारी, नापी, मालपोत लगायत भीडभाड हुने कार्यालयका कर्मचारी, बैंक तथा बित्तीय संस्था र स्थानीय पालिकाका कर्मचारी, प्रहरी लगायतको थ्रोट स्वाब लिएर परीक्षण गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ