arrow

चार शहिद परिवारलाई एक लाख २५ हजारका दरले सहयोग

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन १९ सोमबार
lalkishor-sahayog.jpg

धनुषा । मधेश आन्दोलनमा शहिद भएका ४ परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले चेक हस्तान्तरण गरेका छन्।

 मेयर साहले आइतबार एक कार्यक्रमबीच शहिद परिवारलाई एक लाख २५ हजारका दरले चेक हस्तान्तरण गरेका मेयर साहका स्वकीय सचिव दिपेश साहले जानकारी दिए।

मधेश आन्दोलनमा शहिद भएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ का नितु यादव का बुवा श्रीनरायन यादवलाई एक लाख पच्चीस हजारको चेक हस्तान्तरण गरेका हुन।

त्यस्तै क्षीलेश्वरनाथ नगरपालिकाका शहिद संजय चौधरीकी आमा संगिता देवी कलवार्नी ,लक्ष्मीनिया गाउपालिका वडा नम्बर १ अरेरवा टोल का शहिद दिलिप यादवका बुवा रामनरेश यादव र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का राजेश ठाकुर का आमा कुसुम देवीलाइ चारैजना परिवारलाई एक लाख २५ हजार का दरले मेयर साहले आफ्नै कार्यकक्षमा दोसल्ला ओढाएर हातमा चेक हस्तान्तरण गरेका छ्न।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ