arrow

चिकित्सा विज्ञानको अर्को सफलता : पुरुष यौनाङ्ग प्रत्यारोपण

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
thomas.jpg.jpeg
एजेन्सी। अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको छ । अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको यौनाङ्गमा क्यान्सर लागेर झरेको बताइएको थियो । 
 
अर्का एकजना अमेरिकी नागरिकले मृत्युपछि दान गरेको उनको यौनाङ्ग म्यानिङमा प्रत्यारोपण गरिएको हो । आफ्नो यौनाङ्ग झरेपछि त्यसको दाताको खोजीमा उनी रहेका थिए । 
 
अमेरिकाको बोस्टनमा रहेको म्यासाचुसेट्स जनरल अस्पतालमा १५ घन्टा लगाएर सो यौनाङ्ग प्रत्यारोपणको शल्यक्रिया हालैमात्र सम्पन्न भएको सो अस्पतालले जनाएको छ । 
 
उक्त अस्पतालले भनेको छ– प्रत्यारोपण गरिएको सो अङ्ग तथा ती बिरामीको अवस्था राम्रो हुँदै गएको छ, रगत बगेको छैन र यसले पूरै रूपमा कामगर्ने देखिएको छ । 
 
संसारमा यो शल्यक्रिया तेस्रो भएको बताइएको छ । तर अमेरिकामा भने यो पहिलो भएको पनि समाचारमा उल्लेख गरिएको छ । यौनाङ्ग प्रत्यारोपण सफल भएपछि म्यानिङ्ले आफूलाई यौनाङ्ग दिने दाता र उनका परिवारलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
 
उनको अङ्गले केही समयपछि नै राम्रोसँग कामगर्ने चिकित्सकहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ