arrow

जोन केरीको व्यस्तताका कारण पेरिसमा हुने मध्यपूर्व क्षेत्रीय सम्मेलन स्थगित

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
kerryjhon.jpg.jpeg
पेरिस । इजरायल तथा प्यालेस्टिनी शान्ति प्रक्रियाका लागी आगामी मे ३० को लागि तय भएको मध्यपूर्वी क्षेत्रिय सम्मेलन स्थगित भएको छ । 
 
मङ्गलबार एक कार्यक्रमकाबीच मध्यपूर्वी दुई देश इजरायल तथा प्यालेस्टाइनको द्वन्द्व समाधानका लागी मे ३० का लागि तय भएको मध्यपूर्वी क्षेत्रीय सम्मेलन स्थगित भएको फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले बताए । 
 
अलान्दले भने, कार्यब्यस्तताका कारण अमेरिकी विदेशमन्त्री जोन केरी उक्त दिन सम्मेलनमा उपस्थित हुन नसक्ने सूचना प्राप्त भएकोले सम्मेलन केही पर सरेपनि यही गृष्म ऋतुमा हुनेगरि सम्मेलन तय गरिने उनले बताए । 
 
सन् २०१५ को अक्टोबरमा प्यालेस्टाइन तथा इजरायलबीच पुनःअशान्ति बढेपछि वेस्ट बैंक, पूर्वीजेरुसलामलगायतका ठाउँमा २०४ प्यालेस्टिनी र ३८ इजरायलीको मृत्यु भएको युनिसेफको तथ्याङ्क छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ