arrow

बाँकेमा जारी निषेधाज्ञा शनिबार राति १२ बजेसम्म

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
banke1.jpg

नेपालगञ्ज । बाँकेमा जारी निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि बढाइएको छ । गत शनिवार राति १२ बजेदेखि जारी गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेसम्मलाई तोकिएको थियो ।

जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले निषेधाज्ञा शनिबार राति १२ बजेसम्म जारी रहने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

समुदायमै कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञा आगामी शनिवार मध्यरातसम्म जारी राख्ने निर्णय भएको कुरुम्बाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ