arrow

नेपालमा मात्र होइन विश्वभर किन पँहेलो हुन्छ स्कुलबसको रङ ?

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
school-bus2.jpg

काठमाडौं । मानिसको सबैभन्दा महत्वपूर्ण समय बाल्यकाल नै हो । यो समयमा उनीहरुको काँधमा कुनै जिम्मेवारी हुन्छ भने त्यो पढाइको जिम्मेवारी हो । 

यस्तोमा स्कुलको विषयमा पनि धेरै बालबालिकाहरुको विषयमा कुरा हुने गर्छ । हाम्रो स्कुल यस्तो र उस्को स्कुल यस्तो भनेर उनीहरुको बीचमा धेरै चर्चा हुने गर्छ । तर सबै समान उनीहरुको स्कुलको बसको रङ हुन्छ ।

 सबै स्कुलबसको रङ किन पँहेलो हुन्छ त ?

बसमा पँहेलो रङ लगाउने चलन अमेरिकाबाट सुरु भएको थियो । यस विषयमा एक सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा डाक्टर फ्रान्क साइरले स्कुलबसको रङ पँहेलो हुनुपर्ने बताएका थिए । उनले यसको फाइदाको विषयमा पनि बताएका थिए, जसलाई सबैले स्वीकार गरेका थिए ।

उनका अनुसार पँहेलो रङमा कुनै कालो रङको अक्षर वा संकेत स्पष्टरुपमा देख्न सकिन्छ ।  धेरै अँध्यारो भएको अवस्थामा पनि यसमा लेखिएको अक्षर स्पष्ट देख्न सकिन्छ । पँहेलो रङ मानिसको दिमागले सबैभन्दा छिटो चिन्न सक्छ ।

 यो रङ मानिसले दिमागले रातोभन्दा पनि पहिला पहिचान गर्न सक्छ । जसको कारण स्कुलबसमा पँहेलो रङ प्रयोग गर्न थालिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ