arrow

सरकारलाई बजेट सक्ने हतारो, काममा भने यस्तो छ लतारो

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
road-3.jpg.jpeg
काठमाडौं। आकाशमा कालो बादल मडारिइरहेको बेला सिमसिमे पानी परिरहेको बाटामा हिँड्नेहरूको हातको छाता खुलिसकेका छन्। कोही हस्याङ् फस्याङ् गर्दै पानी छल्न पाइला तन्काइरहेका छन्। सडक पानीले भिजेसकेको छ। सानोतिनो भल नै वग्न थालिसकेको छ। तर यस्तो पानीको कुनै प्रबाह नगरी तीनकुनेको सुविधानगर प्रबेश गर्ने न्यौपाने टावर अगाडिको बाटोमा कालोपत्रेको काम भने चलिरह्यो। सामान्य मान्छेलाई पनि ज्ञात भएकै कुरा हो कि पानी परिरहेको बेलामा गरिएको कालोपत्रे टिकाउ हुँदैन भन्ने। 
 
त्यसो त स्थानीयले काम रोक्नको लागि दबाब नदिएका पनि होईनन्, तर निर्माण कार्यमा संलग्नहरू भने निरन्तर काममा व्यस्त रहे। यस्तो बेलामा काम गर्दा कतिदिन टिक्ला भन्दा उनीहरू ‘केहीपनि हुँदैन’भन्दै ‘झारा टार्ने’ काम सकाउन लागिरहे।  
 
काठमाडौंको मध्यभागमा बजेट सक्न चटारोको एउटा प्रतिनिधिमूलक घटना मात्रै हो यो। असारको अन्तिममा बजेट आउने प्रावधान रहुन्ज्याल जेठ अन्तिमदेखि असारको तेस्रो सातासम्म देखिने सडक निर्माणको चटारो अहिले जेठ १५मा नै बजेट आउने भएपछि त्यस अगाडी नै देखिएको छ। यसरी बटेट सक्नको लागि गरेको हतारोले गर्दा सरकारको ढुकुटीको पैसा त सकिएला, त्यसलाई पुँजीगत खर्च यति भयो भनेर सरकारले डकुमेन्ट पनि पेश गर्नुबाहेक कुनैपनि प्रगति गर्न नसक्ने विज्ञहरू दाबी गर्छन्। 
 
मंगलबार मात्रै राजधानीमा सेजनले गरेको कार्यक्रममा बोल्ने वक्ताहरूले अन्तिम समयमा मात्रै खर्च पोख्ने परिपाटीको अन्त्य नभएसम्म जतिछिटो बजेट ल्याएपनि केही प्रगति नहुने दाबी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ