arrow

विद्यालय सञ्चालन र नियमित पठनपाठन नगर्न आग्रह

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
Public_school.jpeg

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पछिल्ला समय कोभिड–१९ को जोखिम झन् बढेको भनी स्वास्थ्य क्षेत्रका विज्ञले चेतावनी दिइरहेको अवस्थामा विद्यालय सञ्चालन र नियमित पठनपाठन गर्ने कार्य नगर्न आग्रह गरेको छ । 
    
अनेरास्ववियूले नाफा कमाउने बहानामा बालबालिकाका सुरक्षामा जोखिम निम्त्याउने कार्य कुनै पनि हालतमा नगर्न र सम्पूर्ण विद्यार्थीको निःशुल्क पिसिआर परीक्षण तथा कोरोना बीमा गर्न पनि माग गरेको छ । 

काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाका स्थानीय तह र विद्यालय सञ्चालनसम्बन्धी संयन्त्रले सरकारले जारी गरेको सूचनालाई गलत अर्थ लगाई आगामी भदौ १ गतेदेखि पठनपाठन शुरु गर्न दिएको निर्देशनप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मुलुकका केही स्थानमा कोरोना संक्रमण समुदायस्तरमा समेत विस्तार भएको पाइएको जनाउँदै अनेरास्ववियूले सीमा नाका तथा सहरी क्षेत्रमा पिसिआर परीक्षणको दायरालाई व्यापक बनाउन माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ