arrow

एकतप्पा सेवा समाज झापाद्वारा क्यान्सर पिडित बुढाथोकीलाई सहयोग

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
bnc.jpg

इलाम । इलामको फाकफोकथुम गा.पा.-७ एकतप्पाको रुपटार निवासी टीका बुढाथोकीलाई एकतप्पा सेवा समाज, झापाले उपचार सहयोगको लागि ५० हजार सहयोग गरेको छ । समाजले झापामा बसोबास गर्ने एकतप्पा बासिहरुबाट रकम संकलन गरि ४० बर्षिय टिकाको उपचारको निम्ति रकम हस्तान्तरण गरेको हो ।

 समाजको अध्यक्ष डबल लिम्बुसहितको नेतृत्वमा अन्य पदाधिकारी एवं सदस्यको उपस्थितिमा पिडित टिकाको  श्रीमान गुमानसिङ बुडाथोकिलाई अस्पतालमा पुगेर सहयोग हस्तान्तरण गरेको समितिका सचिव गंगा गोदार थापाले बताएका छ्न ।

पुर्बाञ्चल क्यान्सर अस्पताल विर्तामोड झापामा उपचार भइरहेका टिका बुढाथोकीको मुखमा भएको क्यान्सरको सफल अप्रेसन भइ हाल उपचारको क्रममा रहेको छिन । विरामी बुढाथोकीको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोग गरिएको एकतप्पा सेवा समाजले बताएको छ । यो भन्दा पहिला एकतप्पाकै क्यान्सर पिडित विरबहादुर श्रेष्ठलाई समेत समाजले ५० हजार सहयोग  गर्ने प्रतिबद्दता जनाएको छ  साथै आर्थिक संकलन जारी रहेको बताइएको छ ।

यस्तै अर्जुन धारा नगरपालिकाका ३ निवासी पंच बहादुर धमलाको परिवारलाई समेत समाजले नगद तथा खाद्यान्न गरि ९ हजार सहयोग गरेको छ । धमला पाचथरको पौवासारतापबाट एकतप्पा बसाइ सरि आएर  ३बर्ष अघि झापा झरेका थिए । धमलाको ५१ बर्षको उमेरमा श्रावण १४ गते मृत्यु भएको थियो । निजको एक श्रीमती ४ छोरी र ३ छोरा रहेका छ्न भने आर्थिक अवस्था ज्यादै कमजोर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ