arrow
ADVERTISEMENT

चिसिएको सम्बन्ध सुधार गर्न 'रि योङ हो' उत्तर कोरियाको नयाँ विदेशमन्त्रीमा नियुक्त

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
ri-young-ho.jpg.jpeg
सोल (दक्षिण कोरिया)। उत्तर कोरियाले नयाँ बिदेश मन्त्रीमा रि योङ होलाई नियुक्ति गरेको छ । दक्षिण कोरिया तथा अमेरिकासँग वार्ता अनुभव भएका रोजगार विज्ञ रिलाई प्याङयाङको विदेशमन्त्रीमा नियुक्त गरेको हो । 
 
दक्षिण कोरियाको बेलायतस्थित राजदूतावासले सोमबार पत्र पठाई विदेशमन्त्री नियुक्त गरिएको सम्बन्धमा बेलायती सरकारलाई जानकारी गराएको छ । रिले उत्तर कोरियाको उपविदेशमन्त्रीका रुपमा काम गरिसकेका छन् । 
 
केही दक्षिण कोरियाली विश्लेषकले गएको फेब्रुअरीमा प्योङयाङले गरेको चौथो आणविक हतियार परीक्षण तथा रकेट प्रक्षपणपछि दक्षिण कोरिया, अमेरिकालगायत विश्व समुदायसँग चिसिएको सम्बन्धमा सुधार गर्ने प्रयासमा अन्तर्राष्ट्रिय राजनीतिका जानकार कोरियाली कुटनीतिज्ञ रिलाई विदेशमन्त्री नियुक्त गरिएको बताएका छन् । 
 
लगातारका आणविक परीक्षण तथा पछिल्लो रकेट प्रक्षेपण पछि सोल, वासिङटनलगायत विश्व समुदायको दवावमा उत्तरकोरियामाथि कडा आर्थिक नाकाबान्दीको घोषणा गरिएको छ । 
 
रिले दक्षिण कोरियाको आणविक मामिला हेर्ने उच्च पदस्य अधिकारीलाई सन् २०११ मा इन्डोनेसियाको बालीमा भएको क्षेत्रीय सुरक्षा सम्मेलनमा भाग लिने सिलसिलामा भेट गरेका थियो । भेटका क्रममा दुई कोरियाली प्रतिनिधिबीच आणविक हतियार सम्बन्धमा पुनः वार्ता गर्ने कुरामा सहमति भएको थियो । 
 
सो दुई कोरियाली प्रायद्वीपको सम्बन्ध सुधारका लागि एउटा ठूलो उपलब्धि भएको मानिएको थियो । यद्यपि दुई देशबीच सन् २००८ देखि रोकिएको वार्ता अहिलेसम्म सुरु हुन सकेको छैन । 
 
दक्षिण तथा अन्तर्राष्ट्रिय राजनीतिमा विशेष दख्खल राख्ने कुटनीतिज्ञलाई विदेश मन्त्रीमा नियुक्ति गर्नुलाई प्योङयाङको विश्व समुदायसँग सम्बन्धमा सुधार गर्ने प्रयासको कदम भएको विज्ञहरुको बुझाइ छ । उनले बेलायतका लागि उत्तर कोरियाली राजदूतका रुपमा पनि काम गरेको अनुभव छ । विदेश मन्त्री रि सन् १९९० को दशकमा प्योङयाङ–अमेरिकाबीच भएको वार्तामा समेत सामेल हुनुभएको थियो । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ