arrow

सर्वे गर्दा समुदायस्तरमा कोरोनाको पुष्टि

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ साउन २० मंगलबार
kapilbastu4.jpg

कपिलवस्तु। केही दिन यता स्वाथ्य कार्यालय कपिलवस्तुले जिल्लामा समुदाय स्तरमा कोरोना छ छैन भनेर जनाकारी लिनको लागि समुदायमा गरेको पीसीआर परिक्षणको नतिजामा कोरोना संक्रमण भएका व्याक्तिहरु भेटिएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । 

संक्रमित मध्ये १ जना एभरेस्ट बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी , १ जना शिक्षक र २ जना  विद्यार्थीमा रहेका छन् । जिल्लामा कुल ८०६ जनामा कोरोना देखिएको छ  । कुल संक्रमित मध्ये ७ सय ३९ जना भारतबाट , २० जना अन्य मूलकबाट र ४७ जना स्थानीय रहेका छन् । 

कृष्णनगरमा १३३ जनाको नमुना सङ्कलन गरिएको थियो । ती नमुना लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच गरिएको थियो । समुदायका कोरोना फैलिएको जाँच गर्नका लागि जिल्लाका ६ पालिकाबाट ३२० नमुना सङ्कलन गरिएको थियो । 

४ स्थानीय तहका ५८ जना संक्रमित उपचारका लागि आइसोलेसन भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए । पिसीआर परीक्षण गराएका ५ सय ७ को नतिजा आउन वाकी रहेको छ । यस संगै कपिलवस्तुमा हालसम्म कोरोना संक्रमितको सख्या ८ सय ६ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ