arrow

महामारी भयावह बनेपछि पाँच सय शैया थप गर्ने निर्णय

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन २० मंगलबार
cabinet-2.jpg

जनकपुरधाम ।  कोरोना महामारी नियन्त्रणका लागि प्रदेश नम्बर दुईमा तत्काल पाँच सय शैया उपचारसहितको आइसोलेशन बेड थपिने भएको छ ।  कोरोना महामारी भयावह रुप लिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाउएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचारसहितको  मंगलबार पाँच सय आइसोलेशन शैया थप गर्ने निर्णय गरेका छन् ।

मुख्यमन्त्री निवासमा मंगलबार  सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत दिएका छन् ।

कोरोना परीक्षणलाई तीब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ ।

बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा. राम केवल साह जीतेन्द्र कुमार यादव सहितको  बैठकमा सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ