arrow

नेपाली दूतावास जापानका उपनियोग प्रमुख कोरोना संक्रमित

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
Nepal-Japan.jpg

काठमाडौं । जापानस्थित नेपाली राजदूतावास टोकियोका नवनियुक्त उपनियोग प्रमुखलाई कोरोना संक्रमण भएको छ ।

चार बर्षे कार्यकाल सम्हाल्न टोकियो पुगेकै दिन नारिता बिमानस्थलमा भएको कोभिड १९ परिक्षणमा दूतावासका वरिष्ठ अधिकारीमा कोरोना संक्रमण भएको पाइएको हो ।

मंगलबार चार्टर उडान मार्फत जापान पुगेका उपनियोग प्रमुख अम्बिका प्रसाद जोशी कोरोना भाइरस संक्रमित भएको पाइएपछि जापानस्थित अध्यागमन अधिकारीहरुले उनलाई बिमानस्थलबाटै उपचारको लागि लगेको श्रोतले जानकारी दिएको छ ।

नेपाली राजदूतावास जापान श्रोतका अनुसार कोरोना संक्रमण भएको कुनै लक्षण नदेखिए पनि परीक्षणमा संक्रमण देखिएको हो ।

परिवार सहित जापान आईपुगेको दिनमा नै कोरोना संक्रमण देखिएका जोशीलाई नेपालमा नै संक्रमण भएको पाईएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछी हाल जापान सरकारले तोकेको ठाउँमा रहेर जोशीको उपचार भईरहेको छ । यद्यपी जोशीलाई संक्रमणको कुनैपनी लक्षण नदेखिनुका साथै सामान्य अवस्थामा रहनुभएको परराष्ट्र अधिकारीहरुले जानकारी दिएका छन् ।

अगष्ट ४ तारिखको उडानमा नेपालबाट जोशी परिवार सहित कार्यभार सम्हाल्न जापान पुगेका थिए । सो उडानमा २८ जना नेपालीहरु जापान उडेका थिए भने जापानबाट २ सय ६८ जना नेपाली सोही बिमानमा नेपाल फर्किएका छन् ।

नेपाल एयरलाईन्सको बिमानमा सवार भएर गएका जोशीमा संक्रमण देखिएपछी बिमानका परिचारिकाहरु सहित यात्रारत अन्य २८ जना नेपाली र सो बिमानमा नेपाल फर्किएका २ सय ६८ जनामा पनी संक्रमण सर्नसक्ने आशंका व्यक्त गरिएको छ ।

यसमा नेपाल सरकार सहित जापानस्थित नेपाली राजदूतावासले सजगता अपनाउनुपर्ने देखिएको जापानमा रहेका नेपालीहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ