arrow

'सर्टिफिकेट देखाउँदा बैंकले वापस पैसा पाउँछन् त ?’

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
sejon-program.jpg.jpeg
काठमाडौं। सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको शैक्षिक कर्जामा सरकारले पैसा फिर्तीको विश्वास दिलाउन सके आफू प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा दिन तयार रहेको स्पष्ट पारेको छ। 
 
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा गरेको पुर्व बजेट छलफल कार्यक्रममा बैंकर्स एशोसिएसनका उपाध्यक्ष अनिल केशरी शाहले बैंकको पैसा जनताको पैसा हो, ग्यारेन्टी नभएसम्म प्रमाणपत्रको आधारमा मात्रै बैंकले शैक्षिक ऋण दिन नसक्ने स्पष्ट पनि पारे।
 
‘हामी ऋण दिन त तयार छौं प्रमाणपत्र धितो राखेरै पनि तर, ऋण दिएपछि वापस आएन भने के गर्ने ?’ उनले भने ‘त्यस्तो अवस्थामा राष्ट्रबैंकले व्याज नदिएपछि साँवामात्रै दिने व्यवस्था मिलाउँछ भने पनि ठीक छ हामी ऋण दिन तयार छौं।’  
 
उनले सरकारले व्याजको ग्यारेन्टी दिन नसकेपनि प्रमाणपत्रधारीले लगेको पैसाको साँवामात्रै पनि त्यही प्रमाणपत्र र नागरिकताको आधारमा राष्ट्रबैंकले दिने व्यवस्था गरिन्छ भने सरकारको निर्णय कार्यान्वयनको लागि व्याजको माया नगरेरै भएपनि शैक्षिक ऋण दिन तयार रहेको उपाध्यक्ष शाहले बताए।
 
उनले भूकम्पले भन्दा कैयौं गुणा ह्रास राजनीतिक कारणले भएको भन्दै राजनीतिक समस्या समाधान जतिसक्दो चाँडो टुङ्गोमा पुर्‍याउन पनि राजनीतिक तहसँग उनले आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ