arrow

चलचित्र क्षेत्र सुकेपछि दयाहाङ म्यूजिक भिडियोमा रमाउन वाध्य, लगाए रेबिकासंग ठुम्का

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
dayahang.jpg

काठमाडौँ । कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । 

चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन् । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

उनी अभिनित अर्को म्युजिक भिडियो आइतवार गोदावरीमा छायांकन सम्पन्न भएको छ ।

समाजसेवी तथा गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतमा दयाहाङ र रेबिका गुरुङ फिचर छन्। 

मिलन चाम्सको निर्देशनमा बनेको भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् । 

उक्त गीतमा प्रेमकृष्ण बजगाईको शब्द तथा सांगेत रहेको छ। उक्त गीतको भिडियो बिजया दशमीको अवसरमा सार्वजनिक गरिने निर्देशक चाम्सले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ