arrow

बांके प्रहरी र प्रशासनबीच कुरा बाझिदा व्यापारी अलमलमा

logo
सुनिल रेग्मी,
प्रकाशित २०७७ साउन २१ बुधबार
banke2.jpg

नेपालगन्ज । बांके प्रहरी र जिल्ला प्रशासन कार्यलय बिच समन्वय नहुदां व्यापारीहरु अलमलमा परेका छन् । उनिहरु बीच खाद्यान्न ग्यांस जस्ता अतिआवश्यक बस्तुको खरिद बिक्री गर्ने समयको समेत तालमेल छैन ।

बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुबागले खाद्यन्न ग्यास जस्ता पसल दिनभर खुल्ने बताए पनि त्यो सूचना जिल्ला प्रहरीसंग पुगेको छैन । जिल्ला प्रशासन कार्यालय बांकेले समय तोक्दा बढी भिडभाड हुने भएकोले समय नतोकिएको बताए ।

यता बांके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले पसलहरु बिहान १० बजे सम्म खोल्ने समय तोकिएको बताए । व्यापारिहरु प्रहरी बा जिल्ला प्रशासन कस्को कुरा मान्ने भनेर दुबिधामा रहेका छन् । खाद्यान्न पसल खोलेका व्यापारीहरुलाई अहिले प्रहरीले जबर्जस्ती पसल बन्द गराउदै हिडेका छन् । फिल्डमा खटिएका प्रहरीले आफुलाइ बन्द गराउने निर्देशन आएको बताएका छन् ।

उनिहरुले प्रहरी र प्रशासनको कुरामा एकरुपता ल्याउन माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ