arrow

१५ दिनलाई ढुक्क हुनुस्, पेट्रोलियम पदार्थको भाउ बढ्दैन

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
nepal-oil-corporation.jpg.jpeg
काठमाडौं। तपाईले अहिले तिरिरहेको मुल्यमा झण्डै दुई रूपैयाँ भाउ बढेको छ, थाहा पाउनुभएको छ ? थाहा पाउनुभएको छैन भने पनि चिन्ता नलिनुस् यो तपाईहरूलाई थाहा पाउनु जरूरत पनि छैन । अबको १५ दिन आफूले महंगिएको शुल्क बेहोरेर भएपनि नेपाल आयल निगमले १५ दिनसम्मको लागि तेलको भाउ नबढाउने बताएको छ। 
 
निगमले केही महिना अगाडि मूल्यलाई स्वचालि तरिकाले तोक्ने भन्दै मूल्य समायोजनको कुरा अगाडि ल्याएको भएपनि फेब्रुअरीदेखि अहिलेसम्म गर्न नसकेको मुल्यको समायोजन यो पटक पनि नगर्ने भएको छ । ‘पेट्रोल तथा डिजेलमा समेत झण्डै दुई रूपैयाँ जति मुल्य बढाएर पठाएको छ’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने ‘अहिले तत्काल मुल्य बृद्धि गर्ने अवस्था पनि छैन त्यसैले यो पटक पनि मुल्य समायोजन नगर्ने भएका छौं ।’ भरतीय आयल निगमले  पेट्रोलमा प्रति लिटर १ रुपैयँ ११ पैसा र डिजेलमा प्रति लिटर १ रुपैयाँ ३१ पैसा बढाएर पठाएको छ।
 
उनले अब जुनको एक तारिकमा भारतीय आयल कर्पाेरेशनले पठाउने मुल्यको आधारमा मुल्य समायोजन हुने या नहुने भन्ने टुङ्गो लाग्ने पनि बताए । भारतीय आयल कर्पाेरेशनले महिनाको दुईपटक तेलको मुल्य तोकेर नेपाल आयल निगमलाई पत्र लेख्ने गरेको छ । उसले पठाएको पत्रमा धेरै मुल्य तोकिएको छ भने मात्रै समायोजन गर्ने गरेको र थोरै मुल्य घटबढ हुँदैमा मुल्य समायोजन गरिहाल्ने नगरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ