arrow

प्रदेश नं २ : दुईको मृत्यु, २२७ नयाँ संक्रमित थपिए

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
corona-test-nepalgunj.gif

जनकपुर । प्रदेश नं २ मा बुधबार कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ भने २२७ जना नयाँ संक्रमित थपिएका छन् । वीरगञ्ज–१५ बस्ने ४५ वर्षीय पुरुष र पर्साको पोखरिया–८ की १८ वर्षीया महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको छ । 

योसमेत गरी यो प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । सोमध्ये १४ जना पर्सा जिल्लाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा फेला परेका २२७ जना नयाँ संक्रमितमा ४१ जना महिला रहेका छन् । सोअनुरुप पर्सामा १४७, धनुषामा २३, सर्लाहीमा १९ , महोत्तरीमा १४, सिरहामा चार र सप्तरीमा एक जना रहेको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताए ।

 योसमेत गरी यस प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार २७२ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ