arrow

पुर्वमा पनि फैलियो कोरोना : प्रदेश १ मा थपिए १८ संक्रमित

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
corona-test-kit.jpg

विराटनगर । प्रदेश नं. १ मा बुधबार १८ जना संक्रमित थपिएका छन् । ६१६ जनामा गरिएको पीसीआर परीक्षणबाट बुधबार आएको नजिजाअनुसार पाँच महिलासहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङमा १४, इलाममा दुई, उदयपुर र सुनसरीमा एक/एक जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा चार महिलासहित १०, सुनबर्षीमा तीन र धनपालथानमा एक, इलामको इलाम नगरपालिका र सूर्योदयमा एक/एक, उदयपुरको त्रियुगामा एक महिला र सुनसरीको धरानमा एक जनामा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा संक्रमितको सङख्या एक हजार १८९ पुगेको छ । 

प्रदेशमा ९० वर्षीया वृद्धासहित ५७ जना बुधबार निको भई घरफर्केका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरबाट २१ जना संक्रमण निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकामन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डा चुमनलाल दास र स्वास्थ्य केन्द्र विराटनगरका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगर केन्द्रबाट बुधबार निको भई घरफर्कनेहरुलाई बिदाइ गरेका थिए । 

निको भई घर फर्कने पूर्वसंक्रमितहरुमा मोरङका २६, झापाका १६, सुनसरी र इलामका छ/छ, धनकुटा, उदयपुर र तेर्‍हथुमका एक/एक  जना रहेका छन् ।  प्रदेशमा निको हुने संक्रमितको  सङ्ख्या ८८७ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ