arrow

दुई दिनमा पाँच बैकंका कर्मचारी संक्रमित, कपिलवस्तुमा ७ जना थपिए

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७७ साउन २१ बुधबार
kapilbastu4.jpg

कपिलवस्तु । कपिलवस्तुमा बुधवार  थप ७ जनामा कोरोना  पोजेटिभ पुष्टि भएको छ । यससंगै  कपिलवस्तुमा संक्रमितको संख्या ८१८ पुगेको छ ।  शिवराज नगरपालिकाका २ जना पुरुष  र  १ जना महिलालाई कोरोना देखिएको छ । 

त्यस्तै कपिलवस्तु नगरपालिकाका १ महिला ३ पुरुष रहेका छन् । सबै नमुना समुदायबाट लिएको थियो । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको  स्वास्थ कार्यलय, कपिलवस्तुले जनाएको छ । 

मंगलबार र बुधबार संक्रमित भएका मध्ये ५ जना ५ वटा कर्मसियल बैकंका कर्मचारीहरु रहेका छन् । जिल्लामा समुदाय स्तरमा संक्रमण देखिन थालेपछि थप जटिलता हुने तर्फ सरोकारवाहरुले चिन्ता व्याक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ