arrow

अयोध्यामा राम मन्दिर शिलान्यास हुँदा नेपालमा दिपावली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २२ बिहिबार
jay-shreeram-dip.jpg

काठमाडौं। रामजन्मभूमि अयोध्यामा राम मन्दिरको शिलान्यास भएको उपलक्ष्यमा राष्ट्रिय एकता अभियानले बुधवार देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेको छ।

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको अगाडि जय श्रीराम राम आकारमा दियो बाली अभियानका कार्यकर्ताहरुद्वारा दीपावली कार्यक्रमको आयोजना गरेका हुन् । राष्ट्रीय एकता अभियानका संयोजक बिनय कुमारको अगुवाईमा सो कार्यक्रम सम्पन्न भएको हो ।

संयोजक यादवले पाँच सय बर्षदेखिको निरन्तर संघर्षको प्रतिफल बिश्वभरीको हिन्दुहरूले राम मन्दिरको रुपमा पाएकोले राष्ट्रीय एकता अभियानले दिप उत्सव मनाएको बताए । उनले भने, "विश्वभरीको हिन्दूहरुको यों एतिहासिक दिन हो र त्यसकारण यो दिनलाई उत्सबका रूपमा लिएका छौं ।"

राष्ट्रिय एकता अभियानले सुनसरीमा अभियानका केंद्रीय सदस्य बोधनरायण यादवको अगुवाई र सप्तरीमा अभियानका अर्का सदस्य सुनीता साहको अगुवाइमा दीपावली गरेको छ ।

त्यस्तै, अभियानले जनकपुरमा पनि मनिष हिन्दूको अगुवाईमा दीपावली गरेको छ । यसैगरि अभियानले सर्लाही, महोतरी, रौतहट, बारा र पर्सालगायतका जिल्लाहरूमा पनि दीपावली गरेको छ।

केहि दिन अघि राष्ट्रिय एकता अभियानले जानकी मन्दिर जनकपुरको माटोको साथै श्रीराम जन्मभूमि तीर्थक्षेत्र एबं भारत सरकारलाई शुभकामना पत्र पठाईएको थियो । अभियानले राष्ट्रियता, गणतन्त्र र हिन्दू राष्ट्रको पक्षमा दबाबमूलक कार्यहरू गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ