arrow

आर्थिक वृद्धिदर ६.५ प्रतिशतले बढाइने छ : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
KP-oli-talking.jpg.jpeg.jpeg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आवमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत बढाइने बताएका छन् ।  मङ्गलबार अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आगामी आवदेखि देश समृद्धि र विकासतर्फ प्रस्थान गर्ने र बजेटले विकासका धेरै बाटालाई सार्ने बताए । ‘‘अब नेपाललाई अगाडि बढ्न कसैले रोक्न सक्दैन’’ उनले, भने– ‘‘स्वाभिमान, समृद्ध र विकसित रुपमा नेपाल अगाडि बढ्छ ।’’ 
 
प्रधानमन्त्री ओलीले रोजगारीका अवसर तलदेखि नै सुरु गरिने र त्यस क्रममा गाउँ गाउँमा एकै पटक लाखौँ मानिसलाई रोजगारी दिइने जानकारी दिए । 
 
 प्रधानमन्त्री ओलीले  सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी गराए । ‘‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’, उनले भने – ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’ 
 
नेकपा(एमाले)का अध्यक्ष ओलीले पुनःनिर्माणको काम दु्रत गतिमा बढेको बताउँदै सरकारले यही जेठ ७ गतेदेखि १५ दिनसम्म स्वयम्सेवक परिचालन गर्ने जानकारी गराए । परिषद् बैठकमा देशभरिका २०० भन्दा बढी महिलाको सहभागिता छ । बैठक बुधबारसम्म चल्ने छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ