arrow

अमिताभलाई सम्पत्ति दान गर्न सुझाव, बोली बन्द हुनेगरि दिए जवाफ

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
amitab4.jpg

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चन हालै कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । अघिल्लो महिना उनी कोभिड-१९ महामारीको शिकार भएका थिए । जुलाई ११ मा संक्रमण पुष्टि भएका बच्चन २३ दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । उनी मुम्बईको नानावती अस्पतालमा उपचाररत थिए । 

अमिताभ अब पूर्ण रूपले ठिक भएका छन् भने उनी आफ्नो घर जलसाको क्वारन्टाइनमा रहेका छन्। नानावती अस्पतालमा भर्ना हुँदा, अमिताभले सामाजिक सञ्जालमा ट्रोलर र आलोचकहरूको सामना गर्नु परेको थियो। जसमा अभिनेताले पनि राम्रो जवाफ दिएका थिए। तर यस बखत एक सोशल मिडिया प्रयोगकर्ताले उनको सम्पत्तीमाथि टिप्पणी गरेका छन्।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् - 'किन तपाईं गरिबहरूलाई आफ्नो सम्पत्ती दान गर्नुहुन्न। म विश्वास गर्दछु कि तपाईंको वालेटमा पर्याप्त प्रेम र भगवानको अनुग्रह छ। उदाहरण देखाउन आवश्यक छ । बोल्न सजिलो छ, तर एक उदाहरण बन्न बढी महत्त्वपूर्ण छ।'
 
अमिताभलाई यस कुराले नराम्ररी बिझ्यो र बोली बन्द हुनेगरि दिए जवाफ । उनले लेखे, 'लकडाउनको समयमा पाँच हजार व्यक्तिलाई दैनिक खाजा र बेलुकाको खाना खुवाइएको छ। मुम्बईबाट जाने बाह्र हजार  प्रवासी मजदुरहरूलाई जुत्ता र चप्पल दिइएको छ । मजदुरहरूलाई बिहार र उत्तर प्रदेशसम्म पुग्न बसहरूको व्यवस्था गरिएको छ। २००९ मा, सम्पूर्ण रेल मजदुरहरूका लागि बुक गरिएको थियो।'

अमिताभ बच्चन अझै भन्छन्, "जब राजनीतिक कारणले रेललाई रद्द भयो, तब इन्डिगोको ६ विमानहरु मार्फत  १८० यात्रुहरुलाई उनीहरुको घर पुर्याइयो।आफ्नो खर्चमा १५,००० पीपीई किट्स र १०,००० मास्क दिइएको छ। दिल्लीमा सिख समुदायका अध्यक्षलाई चन्दा दिइएको छन् किनकि उनी निरन्तर गरीबहरुलाई खाना खुवाइरहेका छन्।

यअघि एउटी महिलाले अमिताभलाई नानावती अस्पतालको विज्ञापन गरेको आरोप लगाएकी थिइन् । 'अमिताभले नानावती अस्पतालको विज्ञापन गरिरहेछन्, जबकि अस्पतालले जनताको जीवनको वास्ता गर्दैन।' महिलाले अमिताभकोआलोचना गर्दै आफ्नो पोष्टमा लेखिन्, 'श्रीमान अमिताभ, यो वास्तवमै दुःखको कुरा हो कि तपाई अस्पतालको विज्ञापन गर्दै हुनुहुन्छ, जसलाई मानिसको जीवनको वास्ता गर्दैन र पैसा कमाउन मात्र चाहन्छ। ' 

अमिताभले पनि महिलालाई जवाफ फर्काएका छन्।

अमिताभले आफ्नो सम्पत्ति छोरा अभिषेक र श्वतालाई बराबर बाढिदिने घोषणा गरिसकेका छन् । उनले ट्विटरमा लेखेका थिए,'जब म मर्नेछु र जे जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बाडिनेछ ।'

उनले  'कोन बनेगा करोडपति' को सेटमा भनेका थिए 'मैले पहिले पनि भनेको छु  र आज पनि भन्दैछु, जब हाम्रो मृत्यु हुनेछ तब जे जति मेरो सम्पत्ति छ, जे पनि धेर थोर छ  त्यो मेरो सन्तान, एउटा छोरा र एउटी छोरीलाई आधा आधा  बाडिनेछ । दुबै बराबार मिल्नेछ । चाहे जे होस ।'

अमिताभ र जया बच्चनको जम्मा सम्पत्ति १०.०१ अर्ब रहेको छ ।  जुन १००० करोड भन्दा बढी हो। यति मात्र होईन, दुबैको घर र धेरै शहरहरूमा सम्पत्तीहरू छन्।

अमिताभ र जयाको हाल  ४६०  करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ