arrow

बेरुत विष्फोटमा कुनै पनि नेपाली नपरेको

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
berut-bisfot.jpg

काठमाडौँ । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विष्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । 

“बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने । 

यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विष्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार र त्यहाँका जनतामा सहानुभूति, समवेदना एवं ऐक्यबद्धता प्रकट गरेका छन् । 

मङ्गलबार भएको शक्तिशाली विष्फोटमा परी १३५ जनाको मृत्यु हुनाका साथै चार हजारभन्दा बढी घाइते भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा लेवनानमा १२ हजारको हाराहारीमा नेपाली रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ