arrow

आज दुई पटक चरबेला, यस्तो छ समग्रमा दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ साउन २३ शुक्रबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ श्रावण २३ गते शुक्रबार, इस्वीसंवत अगष्ट ७ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपद कृष्णपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको चतुर्थी तिथि रहनेछ । आज पूर्वभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा अतिगण्ड, करणमा बब, आनन्दादि योगमा ध्वांक्ष रहनेछ । 

सूर्य कर्कट राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३३ घटि १० पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३१ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४७ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ । शुभअंक ः १ र ११, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह । मित्र राशि मिथुन र कुम्भ ।

वृषः आज पनि समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गा“सिएका काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला । शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह । मित्र राशि कर्कट र मीन ।

मिथुनः आज पनि समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ । समय केही शुभ भएता पनि पूर्व दिशाको यात्रा नगर्नुहोला । शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामीराशि बुध ग्रह । मित्र राशि मेष र सिंह ।

कर्कटः आज कर्कट राशिका लागि आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिस“गै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन । शुभअंक २ र ६, शुभरंग ः सेतो, स्वामीराशि चन्द्रमा ग्रह । मित्र राशि वृष र कन्या ।

सिंहः आज पनि समय शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन । शुभअंक ३ र ७, शुभरंग ः गुलावी र हल्का रातो, स्वामीराशि ः सूर्य ग्रह । मित्र राशि मिथुन र तुला ।

कन्याः आज पनि समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ । शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह । मित्र राशि कर्कट र वृश्चिक ।

तुलाः आज स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रस· सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ । शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह । मित्र राशि सिंह र धनु ।

वृश्चिकः आज स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पश्चिम दिशाको यात्रा नगर्नुहोला । आँखा वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ । शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह । मित्र राशि कन्या र मकर ।

धनुः आज समय अत्यन्तै खराब छ । आँफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला आज दिउँसो ३ बजेपछि केही शुभ हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह । मित्र राशि तुला र कुम्भ ।

मकरः आज पनि स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विषेश शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ । शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह । मित्र राशि वृश्चिक र मीन ।

कुम्भः आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुन सक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ । शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि ः शनि ग्रह । मित्र राशि धनु र मेष ।

मीनः आज आम्दानीका नयाँ–नयाँ स्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम् कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ । समय उपयुक्त छन् उपयोग गर्नुहोला । शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति । मित्र राशि मकर र वृष ।

साइतः आज मीन राशिमा चन्द्रमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार हो, पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यताबश अन्य दिशाको यात्रा पनि गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः३१ बजेदेखि         ७ः०१ बजेसम्म        चर बेला
बिहान ७ः०१ बजेदेखि         ८ः३१ बजेसम्म        लाभ बेला
बिहान ८ः३१ बजेदेखि         १०ः०१ बजेसम्म        अमृत बेला
बिहान १०ः०१ बजेदेखि        ११ः३१ बजेसम्म        काल बेला
बिहान ११ः३१ बजेदेखि        १ः०१ बजेसम्म        शुभ बेला
दिनमा १ः०१ बजेदेखि        २ः३१ बजेसम्म        रोग बेला
दिउँसो २ः३१ बजेदेखि        ४ः०१ बजेसम्म        उद्धेग बेला
दिउँसो ४ः०१ बजेदेखि        ५ः३१ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ