प्राधिकरणले शुक्रबार र शनिबार काठमाडौंका कहाँ कहाँ काट्दैछ विद्युत् ?

प्रकाशित मिति : २०७७ श्रावण २३ शुक्रबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । 

प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटोती हुने जनाएको छ । 

प्राधिकरणका अनुसार सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याक्प क्षेत्रलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ । 

प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ । 

सम्बन्धित समाचार

नयाँ