arrow

भागेका संक्रमित समाउन नसक्नेले कहाँबाट गर्छ सम्भावितको ट्रेसिङ र ट्रयापिङ ? 

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । सरकारले कोरोना भाइरसको महामारी रोक्न खेल्नुपर्ने भूमिका कस्तो खेलिरहेको छ यो छर्लङ्गै छ । दैनिक १८ हजारसम्म कोरोनाको परीक्षण गर्ने ल्याकत रहेको दावी गरेको सरकारले अहिलेसम्म एक दिनमात्र १० हजार परीक्षण गरेको बतायो । 

त्यसपछि ३ देखि ६ हजारको सेरोफेरोमै रहेको छ । त्यतिमात्र होइन सरकारले संक्रमितको ट्रयापिङ र ट्रेसिङ गरेर सम्भावित संक्रमित पनि खोजिरहेको दावी गरेको छ । 

तर जुन सहरबाट संक्रमित गायब हुन्छन् त्यही सहरबाट सरकारले कसरी ट्रेसिङ र ट्रयापिङ गर्न सक्छ ? 

काठमाडौं उपत्यकाबाटे संक्रमित गायक हुनु कम चुनौतीको विषय हैन । गत बुधबार (साउन २१ गते) उपत्यकामा संक्रमण पुष्टि भएका १०२ जनामध्ये ८ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्क बाहिर रहेको पाइएको छ । 

बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्क बाहिर रहेकाले बिहीबार ८ जना सम्पर्कमा आएका छन् । बाँकी ८ जना कहाँ छन् कसैलाई थाहा छैन । 

उनीहरुमा कुनै त्यस्तो दुष्ट प्रवृत्ति आएको भए दुनियाँलाई सार्छु भनेर भीडभाड र सार्वजनिक यातायातमा छिरेका पनि हुन सक्छन् । त्यसको जिम्मा कसले लिने हो ? 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । जसका कारण उनीहरुलाई सम्पर्क गर्दा सम्पर्कै बाहिर रहेका छन् । 

सम्भावित संक्रमितलाई निश्चित स्थानसम्म पुगिसकेपछि सरकारले तिनीहरुलाई छाडिदिने हो कि उपचारका लागि राख्ने हो ? 

स्वाब संकलन गर्न गएकामध्ये जो लक्षणयुक्त छन्, जो संक्रमितको सम्पर्कमा आएका छन् उनीहरु सम्भावनाको घेरामा हुन्छन् । अनि उनीहरुलाई तपाई घर जानुस् भनेर पठाउने कि क्वारेन्टिनमा राख्ने ? 

एक हजार जना संक्रमित नपुग्दै १० अर्ब रुपैयाँ खर्च भएको दावी गरेर झण्डै ८ अर्ब (स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार) आफ्नो खल्तीमा हाल्न सफल हुनेहरुमा अलिकति पनि नैतिकता छ भने यो रोगको रोकथामका लागि गतिलो प्रयास गर्नुपर्ने हो । 

संक्रमितकै कन्टयाक्ट नहुँदा कसरी हुन्छ ट्रेसिङ र ट्रयापिङ लगायतमा समस्या हुने गर्छ । संक्रमित नै सम्पर्कमा नआएपछि त्यसले समाजमा ठूलो असर गर्छ । 

काठमाडौंका समुदायमै संक्रमण छिरेको छ । र पनि सरकार मान्न तयार छैन । उसलाई लकडाउन लगाउनु छैन । 

तर जोरबिजोर गाडी चलाएर रोकिने पनि हैन । त्यसले त झन् बढाउन मद्धत गरेको छ । सवारी कम हुँदा झन् बढी मानिस यातायातमा चढ्छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ