arrow

चीनबाट रेल मार्फत हिंडेको सामान नेपाली सिमाना आईपुग्यो

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
China_Rail3.jpg.jpeg
काठमाडौं। चीनको लान्ठाउबाट हिंडेको रेल सिगात्से हुँदै नेपालको सिमानासम्म आईपुगेको छ। सिगात्सेसम्म मालबाहाक रेलबाट आएको सामान त्यहाँबाट ट्रक-कन्टेनरमा राखेर सडक मार्ग हुँदै गेलुङ आईपुगेको छ। 
 
गेलुङ प्रान्त नेपालको सिमानासँग जोडिएको छ। उक्त सामानहरु लिन नेपाली कन्टेनरहरु पुगिसकेका छन्। गत बुधबार लान्ठाउबाट हिंडेको सामान चीनले नेपालको सिमानासम्म ५ दिनमा ल्याईपुर्‍याएको हो।  दक्षिण एसियासँग सडक मार्गबाट जोड्ने चीनको योजना अन्तर्गत उक्त सेवा शुरु गरेको हो। 
 
 
लान्ठोउ- सिगात्से-काठमाडौ यात्रा गर्ने उक्त रेल लान्ठोउबाट सिगात्सेसम्म आएको छ र त्यहाँबाट सडक मार्ग भएर रेलमार्फत ल्याईएका सामानहरु काठमाडौं आउने छ। 
 
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला भएको पारवाहान सम्झौताको प्रतिफल उक्त रेल सेवा बिस्तार भएको हो। उक्त रेलले हाल सामानहरु मात्र बोक्ने छ। 
 
बैशाख २९ मा चीनको लान्ठोउबाट हिडेको उक्त रेल सिगात्सेसम्म २४३१ किमीको यात्रा तय गरेको छ।  सिगात्सेबाट तिब्बतको गेलुङसम्म ५६४ किमीको सडक यात्रा तय  गर्नेछ। नेपाली सिमाना अन्तर्गत गेलुङ प्रान्तको केरुङसम्म सामान आएको छ। 
 
८६ वटा कार्गो कन्टेनर भएको उक्त रेलले दैनिक उपभोगका सामान लगायत बिभिन्न सामाग्रीहरु बोक्ने चीनको रेल कन्टेनर संस्थानले जनाएको चीनको प्रमुख मिडिया पिपुल डट सीएनले जनाएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ