arrow

अमिताभमाथि लगाइएको प्रतिबन्ध हट्यो !

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
Amitabh-Bachchan.jpg

काठमाडौं । भारतको उच्च अदालतले ६५ बर्षभन्दा माथिका कलाकारहरुले चलचित्र, धारावाहिक आदिको शुटिङमा महाराष्ट्र सरकारले लगाएको रोक हटाएको छ। बम्बई उच्च अदालतले एउटा महत्त्वपूर्ण निर्णय गर्दै कलाकारहरुमाथि लगाइएको निषेध हटाएको हो ।

यसका साथै बलिउड महानायक अमिताभ बच्चनको सानो पर्दा 'कोन बनेगा करोडपति' को अर्को सीजनको शुटिङमा संलग्न नहुने आशंका पनि समाप्त भएको छ। उच्च अदालतले यो निर्णय निर्माताहरूको एक संस्थाको अपीलमा फैसला गरेको हो।

अमिताभ हालै कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । अघिल्लो महिना उनी कोभिड-१९ महामारीको शिकार भएका थिए । जुलाई ११ मा संक्रमण पुष्टि भएका बच्चन २३ दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । उनी मुम्बईको नानावती अस्पतालमा उपचाररत थिए ।  अमिताभ अब पूर्ण रूपले ठिक भएका छन् भने उनी आफ्नो घर जलसाको क्वारन्टाइनमा रहेका छन्।

कोरोना संक्रमणका कारण मुम्बईमा फिल्महरू, धारावाहिकहरू र वेब सिरीजको शुटिङ करिब सय दिनसम्म बन्द रहेको थियो । चलचित्र संस्थाहरूको सिफारिसको आधारमा महाराष्ट्र सरकारले ६५ बर्षभन्दा माथिका कलाकारहरूका लागि काम नगर्न निर्देशन पनि जारी गरेको थियो । तर कलाकार र मजदुर संगठनहरू यसमा सहमत भएनन्।

यस मुद्दामा वादी प्रमोद पाण्डेयको अतिरिक्त भारतीय चलचित्र चित्र निर्माता संघ, फिल्म निर्माताहरूको संघले पनि मुद्दा दायर गरेको थियो । लामो सुनुवाइपछि, बम्बई उच्च अदालतले शुक्रवार यस मुद्दामा फैसला सुनायो।  'उमेरको आधारमा त्यस्तो कुनै प्रतिबन्ध लगाउन सकिदैन र यससम्बन्धमा सबै व्यवसायीलाई समान दिशानिर्देश लागू हुनेछ, कुनै पनि वर्गमा छुट्टै प्रतिबन्ध लगाउन सकिदैन', अदालतले फैसाला गरेको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ