arrow

आईपीएल क्रिकेट: बर्षाले प्रभावित खेलमा धोनीको पुणे बिजयी

logo
प्रकाशित २०७३ जेठ ५ बुधबार
IPL_Bailey.jpg.jpeg
काठमाडौं। बर्षाले प्रभावित खेलमा राईजिङ पुने सुपरजायन्ट्सले दिल्ली डेयरडेविल्सलाई १९ रनले पराजित गरेको छ। २० ओभरमा १२२ रन पच्छ्याएको पुणेले ११ ओभरमा १ विकेटको नोक्सानीमा ७६ रन बनाएपछि पानी परेर खेल रोकिएको थियो। उक्त स्थितीमा डकवर्थ-लेविस नियमका आधारमा पुणे बिजयी भएो थियो। 
 
पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १२१ रन बनाएको थियो। करुण नायरले ४१ रन बनाएका थिए भने क्रिश मोरिसले २० बलमा ३८ रनको योगदान दिएका थिए। पुणेका अशोक डिन्डा र एडम जाम्पाले ३-३ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पुणेकालागि अजन्के रहाणेले ४२ र उसमान ख्वाजाले १९ रन बनाएका थिए। दिल्लीकालागि १ मात्र विकेट क्रिश मोरिसले लिएका थिए। अशोक डिन्डा प्लेयर अफ म्याच घोषित भएका थिए।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ