arrow

व्यापार विस्तार गर्दै आयल निगम

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २३ शुक्रबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं। नेपाल आयल निगमले आफ्नो कारोबार विस्तार गर्ने भएको छ। निगमले पेट्रोलियम पदार्थ सहित बिटुमिन, लुब्रिकेन्ट्स र पेट्रोकेमिकल जस्ता पर्दाहरुको पनि कारोबार गर्ने जनाएको छ।

निगमले आफ्नो व्यापार विस्तार गर्नका लागि चालु आर्थिक वर्षदेखि नै बिटुमिन, लुब्रिकेन्ट्स र पेट्रोकेमिकल जस्ता पर्दाहरुको पनि कारोबार गर्ने नयाँ बजेटमा समावेश गरेको हो। निगम संचालक समितिले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेसँगै निगमले कारोबार विविधिकरण गर्नसक्ने भएको हो। ‘निगमको व्यापार विविधिकरण गर्न बिटुमिन, लुब्रिकेन्स र पेट्रोकेमिकल जस्ता पदार्थहरुको व्यवसायिक कारोबार सुरु गर्ने छ’ निगम सञ्चालक समितिले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै निगम पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड्न चीनबाट समेत पेट्रोलियम पदार्थ खरिद गर्ने भएको छ। त्यसका लागि निगमले चालु आर्थिक वर्षमा  चीनबाट पेट्रोलियम पदार्थको खरिदको सम्भावनाको अध्ययन गरी फ्रेमवर्क सम्झौता तयार पार्ने योजना निगमले बनाएको हो। निगमले चीनको केरुङ देखि नेपालको रसुवागढी हुँदै नुवाकोटसम्म पेट्रोलियम पाइपलाइन विस्तारको सम्भाव्यता अध्ययन गर्ने योजना समेत बजेटमा समावेश गरेको छ।

पेट्रोलियम पदार्थमा नेपालमाथि एकाधिकार जमाएको भारतले २०७२ सालमा करिब ५ महिना नाकाबन्दी लगाउँदा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि बैकल्पिक रुपमा चिनसग हात बढाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ