arrow

किया मोटर्स इन्डियाले सार्वजनिक गर्‍यो कार

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
kia-sonet-global.jpg

नयाँ दिल्ली। किया मोटर कर्पोरेशनको शाखा किया मोटर्स इन्डियाले किया सोनेट कम्पेक्ट सुभ कार सार्वजनिक गरेको छ। अटो एक्सपो २०२० मा यो कारको मोडेल प्रदर्शन भएको थियो। उत्पादकले कारको मूल्य भने सार्वजनिक गरेको छैन। भारतमा बनेको यो कार ३ फरक इन्जिन र ५ फरक ट्रान्समिसन अनुसार बजारमा उपलब्ध हुनेछ।

२ पेट्रोल इन्जिनमा स्मार्टस्ट्रिम १.२ लिटर र ४ सिलिन्डर इन्जिन रहेको छ। त्यस्तै शक्तिशाली १.० लिटर टी जीडीआइ टर्बोर्चाज्ड इन्जिन र  १.५ लिटर सीआरडीआइ इन्जिका छुटछुट चोइसहरु बजारमा सार्वजनिक हुने भएका छन्। त्यस्तै ५ किसिमका ट्रान्समिसनमा ५ स्पिड एमटी, ६ स्पिड एमटी, ७ स्पिड डीसीटी, ६ स्पिड एएमटी र ६ स्पिड आइएमटी रहेको छ।

नयाँ डिजाइन र अर्कषक बोल्ड लुक रहेको यो कारमा प्यासेन्जर र ड्राइभरका लागि उच्च सुरक्षित र कम्फर्टेबल सिट रहेको छ। त्यस्तै कारमा १०.२५ इन्चको टचस्क्रिन एचडी इन्फोटेन्मेन्ट सिस्टम ७ स्पिकरसहित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ