arrow

यी १० खानेकुराले बढाउछ क्षमता

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
increase-your-sex-power.jpg

काठमाडौं। घरमा नयाँ सन्तान भित्रिनका लागि जति महिलाको प्रजनन क्षमता मजबुत हुन जरुरी छ, त्यतिक्कै मजबुत पुरुषको प्रजनन क्षमता (फर्टिलिटी) पनि हुन जरुरी छ। यदी खानेकुरामा यी १० चीजहरु भएको खण्डमा पुरुषको प्रजजन क्षमतामा बृद्धि हुन्छ।

लसुनः लसुनमा भिटामिन ‘बी–६’ हुने कारणले यसले पुरुषको प्रजजन क्षमता बढाउन धेरै मद्दत गर्छ।
 
अनारः अनारले रातो रक्तकोष मात्रै बढाउने काम गर्दैन, यो प्रजजन क्षमता बृद्धि गर्न पनि फाइदाजनक हुन्छ । अनारको सेवनले वीर्यको गुणत्व पनि बृद्धि गर्छ।

केराः केराममा भिटामिन ‘बी–१’, ‘ए’, ‘सी’ र प्रोटिन अधिक मात्रामा पाइने गरिन्छ । साथै यसमा ‘ब्रोमेलिन’ नामक ‘पाचकरस’ हुन्छ, जसले सेक्स हर्मोन बढाउन मद्दत गर्छ।

पालुंगोः पालुंगोमा आइरन र भिटामिन ‘सी’को मात्रा धेरै हुन्छ, जसले वीर्य बढाउन मद्दत गर्छ।
 
खुर्सानीः खुर्सानी पिरो हुने कारणले कतिपयले आफ्नो भोजमा यसलाई समावेश नर्गन पनि सक्छन्। तर, खानामा थोरै खुर्सानीको मात्रा सामेल गराउँदा पुरुषका लागि भने लाभदायक हुन्छ। खुर्सानीको सेवनले शरीरमा ‘एन्डोर्फिन’ नामक हर्मोन निर्माण हुन्छ, जसले प्रजजन क्षमतामा बृद्धि गर्छ। त्यस्तै यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ समेत अधिक मात्रामा हुन्छ।
 
गोलभेंडाः गोलभेंडाको सेवनले पुरुषको वीर्य बढाउन मद्दत गर्छ।

तरबुजाः तरबुजा विशेष गरी गर्मीको समयमा सेवन गर्ने गरिन्छ, जसको सेबनले गर्मीबाट राहत पाएको महशुस हुन सक्छ। तर, यसमा हुने ‘लाइकोपिन’ प्रजजन क्षमता बृद्धिका लागि लाभदायक समेत हुन्छ।

भिटामिन ‘सी’युक्त फलः भिटामिन ‘सी’ युक्त फलहरु सुन्ताला, अन्तर्राष्ट्रिय फल किवी, अम्बा आदिको सेवन पुरुषको प्रजजन क्षमता बढाउन लाभदायक हुन्छ।

स्याउः स्याउको सेवनले पनि पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ।

काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ। -एजेन्सीको सहयोगमा।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ